
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन ईतर समूह नयाँ रणनीति बनाउने कसरतमा जुटेको छ । ईतर समूहका नेता डा शेखर कोइराला पक्षले आज काठमाडौंमा भेला गरेर छलफल गरिरहेको छ ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान साढे ८ बजेदेखि कोइराला समूह छलफलमा जुटेको हो ।
यही माघ १५ गतेका लागि तय गरिएको पार्टी केन्द्रीय समितिको वैठकमा उठाउने एजेण्डाबारे छलफल भईरहेको बुझिएको छ ।
भेलामा कोइराला पक्षका पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभाका सांसदहरू र प्रदेश सभापतिहरुलगायत सहभागी रहेका छन् ।
निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेस केन्द्रदेखि प्रदेशसम्म विपक्षमा पुगेको, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लगायतका विषयमा कोइराला समूह संस्थापनसँग असन्तुष्ट छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरुले असहमति जनाएका थिए । भ्रातृ संगठनहरुले पूर्णता नपाएको विषयमा पनि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्