१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कार्तिकले १० दिनको सुटिङका लागि २० करोड पारिश्रमिक लिए


728
Shares

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यनले १० दिनको सुटिङका लागि २० करोड पारिश्रमिक लिएका छन् ।

यस भन्दा अघि उनले पहिलो फिल्म ‘प्यारका पन्चनामा’ का लागि १ करोड २५ लाख रुपैंयाँ पारिश्रमिक लिएका थिए । उनले कोभिड–१९ का बेला निर्माण गरिएको एउटा फिल्मका लागि २० करोड पारिश्रमिक लिएका थिए । हालै एक अन्तर्वार्तामा आफू बलिउडको शाहजादा भएकाले त्यो पारिश्रमिकको आफू हकदार भएको समेत दावी गरेका छन् ।

कार्तिकले सन् २०२१ मा सार्वजनिक भएकाे फिल्म ‘धमाका’ मा १० दिनसम्म सुटिङ गरे बापत निर्माता राम माधवानीबाट २० करोड पारिश्रमिक लिएका थिए । यद्यपि त्यो समयमा उनले यो कुराको पुष्टि गरेका थिएनन् । हालै उनले त्यो पारिश्रमिक लिएको स्वीकार गर्दै निर्माताले आफूलाई त्यति धेरै पारिश्रमिक किन दिएका हाेलान भन्ने कुरा समेत खुलाएका छन् ।

उनले भनेका छन्, ‘मैले यो फिल्मको सुटिङ कोरोनाको समयमा गरेको थिएँ । त्यो फिल्ममा केवल १० दिनको मात्र सुटिङ थियो । त्यो मेरो मेहनतको पैसा थियो । म आफ्नो निर्मातालाई १० दिन त के २० दिनमा पैसा दोब्बर गरिदिन्छु ।’

कार्तिकका अनुसार सन् २०२२ मा सार्वजनिक भएकाे फिल्म ‘भूल भूलैया २’ को सफलतापछि उनले आफूलाई हिरो नम्बर वान सम्झन्छन् ।