२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सन्दीप विरूद्धकाे मुद्दामा आज सुनुवाई हुँदै


910
Shares

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाकाे साेमबार जिल्ला अदालत काठमाडौंमा सुनुवाई हुने भएको छ ।

पाटन उच्च अदालतको आदेशबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेको मुद्दामा साेमबार जिल्ला अदालतमा पेशी तोकिएको हो । धरौटीमा छुटेपछि लामिछाने क्रिकेट अभ्यासमा समेत लागिसकेका छन् ।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । लामिछानेले त्यसविरुद्ध उच्च अदालतमा अपिल गर्दै थुना बाहिरै बसेर पुर्पक्ष गर्न माग गरेका थिए ।