
काठमाडौं । नेपाली बजारमा सोमबार सुनकाे मूल्य यस वर्षकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको हाे । त्यस्तै तेजाबी सुन १ लाख ४ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ५ हजार रूपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
गत वर्ष फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च आजकै मूल्य विन्दुमा पुगेको थियो । साेमबार चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर १ हजार ३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य आइतबार स्थिर रहँदै १ हजार ३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्