
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बीउ खरिदमा अनमियतता गरेको आरोपमा पूर्वमेयरसहित ६ कर्मचारी र आपूर्तिकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ ।
अख्तियारले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारीसहित ६ जना र आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।
मुद्दा दायर गरिएकामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालिन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालिन लेखापाल राजेन्द्र रेग्मी र तत्कालिन खरिदार सन्तोष कोइराला छन् ।
नगरपालिकालाई हानी पुर्याई गैरकानुनी लाभ गरेको आरोपमा उनीहरुलाई मुद्दा दायर गरिएको हो । उनीहरुलाई एक करोड ९७ लाख ७० हजार ४ सय ९९ रुपैयाँ बिगो कायम त्यसअनुसार कैद र बिगोवमोजिम जरिवाना मागिएको छ ।
साथै, अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लिका अख्तियार प्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेले अदुवाको बीउ आपूर्ति गर्दा गुणस्तरीय एवं स्पेशिफिकेशन अनुसारको अदुवा बीउ गानो आपूर्ति गर्नुको सट्टा अन्य गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानिनोक्सानी पुर्याउने कार्य गरेको उल्लेख छ ।
त्यसैले आपूर्तिकर्ता कम्पनी र प्रतिनिधिका न्यौपानेलाई दुई करोड १० लाख ७० चार सय ९९ रुपैयाँ) बिगो कायम गरी त्यस बमोजिम सजाय र बिगो जफत गर्न मागदाबी अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्