
एजेन्सी । भारतीय अभिनेता सुनिल शेट्टीकी छोरी अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलबीच विवाह सम्पन्न भएको छ ।
उनीहरूको सोमबार सुनिलको खण्डलास्थित फार्महाउसमा बिहे सम्पन्न भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।उनीहरूले परिवार, आफन्त, साथीभाइ र निकटका व्यक्तिहरूलाई मात्र निम्ता दिइएको बताइएको छ ।
सोमबारै आथिया र राहुलले आफ्नो इन्स्टाग्राममार्फत् आफ्नो बिहेको तस्बिर सार्वजनिक गरेका छन् । उनीहरूले तस्बिर राख्दै लेखेका छन्, ‘आज हाम्रा प्रियजनहरूको उपस्थितिमा हामीले बिहे गरेका छौं । हामी यो यात्रामा सबैको आशीर्वादको कामना गर्छौं ।’
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूको बिहेको कुनै तस्बिर वा भिडिओ लिक नहोस् भनेर विवाहमा पाहुनालाई मोबाइल समेत बोक्न दिएको थिएन ।
आथिया र केएलले सन् २०२२ मा इन्स्टाग्राममार्फत आफूहरू प्रेम सम्बन्धमा रहेको बताएका थिए ।
हेर्नुस् विवाहका केही तस्बिर :.





प्रतिक्रिया दिनुहोस्