
काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशका केही स्थानमा मंगलबार वर्षाको सम्भावना रहेको छ ।
पश्चिम नेपालबाट मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार राति र भोलि बुधबारसम्मै पानी पर्नेछ । यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ । कर्णालीका हिमाली जिल्लामा भने मंगलबार बिहानैदेखि हिमपात भइरहेको छ ।
बिहीबार भने मौसम आंशिकदेखि सामान्य बदली भए पनि वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । मौसम बदली भइराखे पनि यसपटक हिउँद लागेदेखि नेपालमा पानी पर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्