
काठमाडौं । हिमाली जिल्ला जुम्लामा सोमबार रातिदेखि हिमपात हुन थालेको छ ।
कर्णाली प्रदेशमा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा हिउँ पर्न सुरू गरेको हो ।
माथिल्लो भेगमा वर्षासँगै हिमपात भईरहेको छ । माथिल्लो भेगमा भारी मात्रामा हिमपात भएको छ भने तल्लो भेगमा आधा फिट जति हिउँ जमेको छ ।
सामान्यतः मंसिर अन्तिमदेखि हिउँ पर्नु पर्नेमा यस पटक लामो समय वर्षा नहुँदा बल्ल हिमपात हुन थालेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली प्रदेशमा मंगलबार पनि वर्षा र हिमपात जारी रहने बताएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका पहाडी क्षेत्र र गण्डकी प्रदेशका केही स्थानमा मंगलबार हल्का वर्षा हुने र उच्च पहाडी भेगमा हिमपात हुने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्