१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुलुक निर्माणमा सबैको योगदान महत्वपूर्ण : प्रदेश प्रमुख शर्मा


117
Shares

काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुलुक निर्माणमा सबैको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ ।

पाठकधारा टोल विकास संस्थाद्वारा प्रकाशित संखुवासभाका सफल व्यक्तित्वहरु नामक पुस्तकको काठमाडौंमा लोकापर्ण गर्दै उहाँले मुलुक निर्माणमा सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो ।

राष्ट्रिय र अन्तराष्ट्रिय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरुको अनुभव र दक्षता एउटै पुस्तकमा अध्ययन गर्न पाउने भएकाले पुस्तक उपयोगी हुने उहाँको भनाइ थियो ।

पुस्तकमा समेटिएका व्यक्तिहरु संखुवासभाको मात्र नभई राष्ट्रकै गौरव भएको पनि प्रदेश प्रमुख शर्माले बताउनुभयो । उहाँले अग्रजहरुको ज्ञान, अनुभव, अनुभुति र दृष्टिकोण नयाँ पुस्ताका लागि पनि मार्गदर्शक बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकमा विभिन्न विद्यामा विज्ञता हासिल गरेका संखुवासभाका ३१ जनाको जीवनी र दृष्टिकोण समेटिएको छ ।

राजनीति, शिक्षा, उर्जा, विकास, उद्योग, सञ्चार, प्रशासन, पर्यटन र बैंक तथा वित्तीय क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गर्ने व्यक्तिको जीवनी समेटिएको पुस्तक भिमबहादुर कट्टेलले सम्पादन गर्नु भएको थियो ।