१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘ऐ वतन मेरे वतन’ को टिजर सार्वजनिक


104
Shares

एजेन्सी । भारतीय अभिनेत्री सारा अली खान अभिनित फिल्म ‘ऐ वतन मेरे वतन’ टिजर सार्वजनिक भएको छ ।

सोमबार टिजर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । निर्माता करण जोहरको निर्माणमा बनेको फिल्ममा सारासँगै एलेक्स ओनेल, रिचर्ड भक्ति क्लेइनलगायत कलाकारको अभिनय छ ।

फिल्ममा सारा स्वतन्त्रता आन्दोलनको क्रममा एक गुप्त रेडियो चलाउने स्वतन्त्रता सेनानी उषा मेहताको भूमिकामा देखिएकी छन् । उनी पहिलो पटक बायोपिक फिल्ममा देखिँदैछिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा सन् १९४२ भारत छोड आन्दोलनको परिवेशमा देखाइएको छ । यो सत्य घटनाबाट प्रेरित एक थ्रिलर फिल्म हो । फिल्मको कथा दरव फारूकी र कन्नन अय्यरले तयार पारेका हुन् ।

कन्नन आफैंले निर्देशन गरेको फिल्म अमेजन प्राइममा प्रदर्शन हुनेछ ।