२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जर्मनीले युक्रेनमा सैन्य ट्यांक पठाउने


481
Shares

एजेन्सी । जर्मनीले युक्रेनलाई अत्याधुनिक ‘लियोपार्ड–२’ सैन्य ट्यांक पठाउने निर्णय गरेको छ ।

जर्मन चान्सलर ओलफ स्कोल्जले अन्य देशहरुलाई पनि युक्रेनका लागि लियोपर्ड ट्यांक पठाउन अनुमति दिनुभएको हो ।

जर्मनीमा निर्मित यो सैनिक ट्यांक कुनैपनि देशले तेस्रो मुलुकमा पठाउन जर्मनीको अनुमति लिुनपर्ने अनिवार्य प्रावधान थियो । यसअघि जर्मनीले यो ट्यांक युक्रेन पठाउन आनाकानी गरिरहेको थियो । जर्मनीले हाललाई १४ वटा ‘लियोपार्ड–२’ ट्यांक पठाउने निर्णय गरेको हो ।

पोल्याण्डले यसअघि नै युक्रेनमा त्यस्ता ट्यांक पठाएर सहयोग गर्ने निर्णय गरेकोमा जर्मनीले अनुमति नदिएका कारण रोकिएको थियो ।

जर्मन चान्सलर स्कोल्जले विभिन्न देशगरी हाललाई १ सयवटा त्यस्ता ट्यांकहरु पठाइने बताउँदै यसले युक्रेनलाई थप सुरक्षा प्रदान गने बताउनुभएको छ ।

युक्रेनमा हाल विश्वका कयौं राष्ट्रहरुले पठाएका बख्तरबन्द गाडीहरु तैनाथ छन् ।