
काठमाडौं । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित फिल्म ‘पठान’ आजबाट (बुधबार) प्रदर्शनमा आएको छ ।
फिल्म विश्वका १०० भन्दा बढी देशमा प्रदर्शन हुँदैछ । भारतबाहेकका मुलुकमा यो फिल्म २५ सय पर्दाबाट प्रदर्शन हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या भारतीय फिल्म क्षेत्रका लागि अहिलेसम्मकै उच्च रहेको जनाइएको छ ।
भारतमा भने बन्द भइसकेका २५ हल ‘पठान’ प्रदर्शनसँगै पुनः सञ्चालनमा आउन लागेको जनाइएको छ । पठान नेपालको १५० भन्दा बढी हलमा प्रदर्शन हुने नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।
एक्सन थ्रीलरले भरिपूर्ण पठान शाहरुखको पाँच वर्षपछि कमब्याक फिल्म हो । शाहरुख पछिल्लो समय सन् २०१८ मा चलचित्र ‘जिरो’ मार्फत ठूलो पर्दामा प्रस्तुत भएका थिए । जिरो फ्लप भएपछि शाहरुख ठूलो पर्दाबाट लामो ब्रेक लिएका थिए ।
फिल्मलाई सिद्धार्थ आनन्दको निर्देशन र आदित्य चोपडाको निर्माण रहेको छ ।
प्रतिक्रिया दिनुहोस्