२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि कांग्रेसबाट आचार्यले उम्मेदवारी दिने


247
Shares

काठमाडौं । लुम्बिनीमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिनु हुने भएको छ ।

आज बिहानमात्र कांग्रेसले रोल्पाका पूर्व सभापति आचार्यको नाम टुंगो लगाएको हो ।

उहाँले बुधबार प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्नु हुनेछ ।

यस्तै, सत्तारूढ दलबाट नेकपा (एमाले) का कुमार दसौदीले उम्मेदवारी दिनु हुनेछ ।

एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिनु भएपछि रिक्त पदमा माघ २५ गते उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।