२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसबाट आचार्यले गराए मनोनयन दर्ता


143
Shares

दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिनुभएकाे छ ।

बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर आचार्यले मनोनयन दर्ता गराउनु भएकाे हाे ।

उहाँको प्रास्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छ्न् ।

उहाँ रोल्पाका पूर्व सभापति हुनुहुन्छ । सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिनुभएकाे छ। राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ ।