१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन्दीप लामिछानेलाई टिममा फर्काउने उद्देश्यले क्यान जुट्याे छलफलमा


754
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले धराैटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा जुटेकाे बताएकाे छ ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले धराैटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा जुटेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार हामी अघि बढ्छाैँ।’

उहाँले लामिछानेलाई टिममा कसरी फर्काउन सकिन्छ भनेर हामी सरोकारवालाबीच छलफलमा भइरहेकाे बताउनु भयाे ।

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।