१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सहमतिअनुसार मधेशमा पनि जनमत पार्टीले पाएन मन्त्रालय


689
Shares

जनकपुरधाम । मधेश प्रदेशमा पनि सहमतिअनुसार जनमत पार्टीले मन्त्रालय पाएकाे छैन । चाहेको मन्त्रालय नपाएपछि जनमत पार्टीले विरोध जनाएको छ ।

जनता समाजवादी पार्टीका नेता मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका बसन्त कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएपछि उहाँले अस्वीकार गर्नु भएकाे छ ।

यसअघि जसमा जसपाका सञ्जय यादवले अर्थ, नेकपा एमालेका सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्री र जनमतका बसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालय लिने सहमति बनेको थियो ।

तर, बिहीबार प्रदेश प्रमुख कार्यालयले सरकारको सिफारिसमा गरेको मन्त्रीहरुको कार्यविभाजन सम्बन्धी पत्रमा जनमतका मन्त्री कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिएको उल्लेख छ ।

केन्द्र सरकारमा पनि जनमत पार्टीका अब्दुल खानलाई उद्योग मन्त्रालय दिने सहमति भएपनि मन्त्रिपरिषद विस्तारका क्रममा खानेपानी मन्त्रालय दिइएको थियो । एक हप्तासम्म उक्त मन्त्रालय नलिएका खानले बुधबार भने कार्यभास सम्हालेका छन् ।