
एजेन्सी । भारतीय निर्देशक रोहित शेट्टीको वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को छायांकन सकिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री शिल्पा शेट्टीले सिरिजको छायांकन पूरा भएको जानकारी दिएकी हुन् ।
अभिनेत्री शिल्पाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा रोहित शेट्टीसँगको एउटा रोचक भिडियो शेयर गर्दै ‘इन्डियन पुलिस फोर्स’ सुटिङ यात्रा निकै सुन्दर र यादगार यात्रा भएको बताएकी छन् । उनले यात्रामा साथ दिने सबैलाई धन्यवाद पनि समेत दिएकी छन् ।
तस्बिरमा रोहित र शिल्पा देखिएका छन् । शिल्पाले क्याजुअल जुत्तासँगै कालो पहिरन लगाएकी छन् । ‘इन्डियन पुलिस फोर्स’ शिल्पाको अलवा भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा र विवेक ओबेरोयको पनि मुख्य भूमिका छ ।
तर, अहिले यसको रिलिज मिति भने घोषणा गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्