
सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका अन्तर्गत भिमस्थानमा १ महिनाभित्र सडक कालोपत्रेकाे काम सम्पन्न हुने भएकाे छ ।
सिन्धुलीमाडीबाट तीनपाटन गाउँपालिकाको मुकाम लाम्पान्टारसम्मको सडक कालोपत्रेकाे काम १ महिनाभित्र सम्पन्न हुने प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख देवनारायाणप्रसाद यादवले बताउनुभएकाे हाे । सडक डिभिजन कार्यालय सिन्धुलीले ९ करोड ५० लाख रुपैयाँको लागतमा ९ मिटर चौडा डबल लेनको करिब ४ किलोमिटर सडक कालोपत्रे गर्ने भएको हो ।
सिन्धुलीको तीनपाटन गाउँपालिका अन्तर्गत भिमस्थानमा कालोपत्रे सडक निर्माण भएपछि स्थानीय वासीन्दालाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने भएकाे छ । सिएम वाईवा एण्ड लामा र बालकोट बिल्डर्स जेभीले सडक कालोपत्रे गर्ने ठेक्का पाएपछि सडक निर्माणको कार्य तीब्र रुपमा अगाडि बढाइएकाे हाे ।
यस क्षेत्रमा कालोपत्रे सडक निर्माणले भिमस्थान बेलघारी क्षेत्रको कृषिजन्य उत्पादनहरु बजारसम्म पुर्याउन सहज हुने भएकाे छ।
प्रतिक्रिया दिनुहोस्