
काठमाडौं । नेपाल भ्रमणमा रहनु भएकी अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा प्रधानमन्त्री दाहाल र उपविदेशमन्त्री भिक्टोरियाबीच द्वीपक्षीय सहयोग र आपसी हित लगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

भिक्टोरिया दुई दिने भ्रमणका लागि आइतवार नेपाल आउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्