२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कर्नाटकमा गायक कैलाश खेरमाथि आक्रमण


11.232k
Shares

एजेन्सी । भारतीय चर्चित गायक कैलाश खेरमाथि कर्नाटकमा एक महोत्सवको क्रममा आक्रमण भएको छ ।

भारतीय सञ्चार माध्यामका अनुसार महोत्सव जनवरी २७ बाट सुरू भएकाे थियाे । तर, आइतबार भने महोत्सवमा गीत गाउन कैलाश सहभागी भएका थिए साेही क्रममा उनीमाथि आक्रमण भएको हो ।

महोत्सवमा एक व्यक्तिले कैलाशमाथि बोतल प्रहार गरेकाे थियाे । तत्कालै घटनास्थलमा उपस्थित प्रहरीले कैलाशमाथि बोतल फ्याँक्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

कैलाश कर्नाटकमा हम्पी महोत्सवमा गीत गाउँदै थिए । यसैबीच कैलाशकलाई महोत्सवमा उपस्थित दुई युवकले कन्नड गीत गाउन माग गर्न थाले । कैलाशले कर्नाटक गीत नगायपछि उनले स्टेजमा प्रस्तुति गरिरहेका कैलाशमाथि भरी पानीको बोतलले हानेका थिए ।

महोत्सवमा कन्नड पार्श्व गायक अर्जुन, विजय प्रकाश, रघु दीक्षित र अनन्या भाट जस्ता धेरै गायकहरूले प्रस्तुति दिएका थिए । यसका अलावा बलिउडबाट अरमान मलिक र कैलाश सहभागी थिए ।