
फाइल तस्बिर
महाेत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले रवि लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्री नबनाउन माग गर्नु भएकाे छ ।
महोत्तरीको मटिहानी पुगेका अध्यक्ष ठाकुरले सञ्चारकर्मी कुरा गर्दै भन्नुभयाे, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गृहमन्त्री नबनाउन म सरकारसँग आग्रह गर्छु।’
ठाकुरले लामिछानेको राहदानी पनि अनुसन्धान गर्नुपर्ने जिकिर गर्नुभयाे ।
नागरिकता सन्दर्भमा सर्वोच्च अदालतले निर्णय गरेको र अब पासपोर्टको कुरोमा अनुसन्धान गर्ने बाटो खुलेको उहाँले बताउनु भयाे ।
सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी ठहर गरेपछि उनले प्रक्रिया पूरा गरेर पुन: नेपाली गरिकताको प्रमाणपत्र लिनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्