
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११५६ जनाको नमूना परीक्षण गरिएको थियो ।
३८६ जनाको पीसीआर र ७७० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार १ जना संक्रमणमुक्त भएका छन् भने देशभर २० जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्