२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भाटभटेनीका सञ्चालक गुरुङसँग प्रहरीले लियो बयान


4.68k
Shares

काठमाडौं । प्रहरीले भाटभटेनीका सञ्चालकसँग बयान लिएको छ ।

आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले भाटभटेनीका सञ्चालकसँग बयान लिएको हाे ।

मृतक आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५३ शब्दको स्ट्याटसका आधारमा प्रहरीले सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएको हो ।

आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमा भाटभटेनीका सञ्चालकको नाम समेत लेखेका थिए ।