
एजेन्सी । दक्षिण भारतीय अभिनेता नवीन बाबु (नानी) अभिनित फिल्म ‘दसरा’को टिजर सार्वजनिक भएको छ ।
बाहुबली र आरआरआर फेम्ड निर्देशक एसएस राजामौलीले डिजिटल प्लेटफर्मबाट फिल्मको टिजर सार्वजनिक गरेका हुन् ।
फिल्ममा धनुष, शाहिद कपुर, दुल्कर सलमान र रक्षित सेट्टीजस्ता भारतीय स्टारहरु समावेश छन् । यी शीर्ष कलाकारले समेत आ-आफ्नो भाषामा टिजर सार्वजनिक गरेका छन् ।
‘दसरा’लाई श्रीकान्त ओडेलाले निर्देशन गरेका हुन् र यसमा नानीका साथै साई कुमार, समुथिराकनी र जरीना वहाबको मुख्य भूमिका छ । सन्तोष नारायणले संगीत दिएका छन् भेन श्रीलक्ष्मी वेंकटेश्वर क्रिएसन्सका सुधाकर चेरुकुरीले निर्माण गरेका हुन् ।
यो फिल्म ३० मार्चमा विश्वभर रिलिज हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्