३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


घट्यो सुनको मूल्य, चाँदी स्थिर


676
Shares

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ५ सय रूपैयाँले घटेर एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार ३६५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।