१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा


286
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पदबाट राजीनामा दिनु भएको छ ।

नेपाल टी–ट्वान्टी लिगमा विवाद, फिक्सिङ, समयमै खेलाडीले पैसा नपाएको कारण चौतर्फी आलोचना तथा असफलतापछि मल्लले पोखरामा भएको बोर्ड बैठकमा मंगलबार राजीनामा दिनु भएको हो ।

नेपाल टी–ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका मल्लले गतवर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिनु भएपछि कार्यवाहकको जिम्मेवारी पाउनु भएको थियो ।

मल्लको राजीनामा पछि केन्द्रीय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाउनु भएको छ ।

यस्तै, क्यानकै ६ केन्द्रीय सदस्यले नेपाल टी–ट्वान्टी लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएर बैठक छाडेका थिए ।

केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गर्दै बोर्ड बैठक छाडेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो ।