२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु


65
Shares

एजेन्सी । भारतको झारखण्ड राज्यको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।

विवाह समारोह भइरहेका निजी आवासीय घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर दर्जनौँ व्यक्ति जलेर घाइते भएका भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका रहेका छन् ।

आगलागीको कारणबारे अुनसन्धान भइरहेको छ । आगलागीले भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।