१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका जाँदै


91
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल बिहीबार श्रीलंका भ्रमणमा जाँदै हुनुहुन्छ ।

परराष्ट्रमन्त्री बनेपछि पहिलो विदेश भ्रमणमा जान लाग्नुभएकी उहाँ श्रीलंका बेलायती उपनिवेशबाट मुक्त भएको हिरक महोत्सवमा सहभागी हुनुहुने छ ।

साथै राजनीतिक महत्वका कार्यक्रमहरुमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री पौड्यालले श्रीलंका भ्रमणका क्रममा शिथिल बनेको सार्कको बारेमा पनि कुराकानी गर्ने बुझिएको छ ।

शुक्रबार श्रीलंकाली समकक्षी दिनेश गुणबर्द्धनेसँग दुई पक्षीय हितका विषयमा भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेसँग पनि मन्त्री पौड्यालले भेटवार्ता गर्नुहुने छ ।