१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘पठान’ हेर्न हलमा पुगे पूर्वरानी र पूर्वयुवराज्ञी


2.535k
Shares

काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ हेर्न हल पुग्नुभएको छ ।

उहाँहरू काठमाडौंको दरबारमार्गस्थित दरबार सिनेम्याक्समा फिल्म हर्ने पुग्नुभएको हो । दरबार सिनेम्याक्सले आफ्नो फेसबुक पेज मार्फत बुधबार पूर्वरानी र पूर्वयुवराज्ञीको तस्वीर सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएको हो ।

गत बुधबारदेखि रिलिज भएको शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले विश्व बजारमा राम्रो कमाइ गरेको छ । सिद्धार्थ आनन्द निर्देशित यो फिल्मले विश्व बजारमा दैनिक १ सय करोड भन्दा माथि कमाई गरिरहेको छ ।

यो फिल्ममार्फत शाहरूखले चार वर्षपछि कमब्याक गरेका हुन् । शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दिपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन् ।