६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अमेरिकाले फिलिपिन्समा थप सैन्य आधार खडा गर्ने


208
Shares

एजेन्सी । फिलिपिन्सले अमेरिकी सैनिकका थप आधार शिविर राख्न दिने भएको छ ।

अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले गत वर्ष गरेको फिलिपिन्स भ्रमणका क्रममा दुई देशबीच थप चार वटा सैन्य आधार राख्ने सहमति भएको खुलासा भएको हो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दुई देशबीच रक्षा सहायता अभिवृद्धि सम्बन्धि सहमति भएको जनाएको हो । सहमति अनुसार चार वटा रणनीतिक महत्वका स्थानमा अमेरिकी सेनाका आधार खडा गरिने छ ।

यस्ता सैन्य आधारहरुमा अमेरिकी सेनाका लागि आवश्यक बन्दोवस्ती तथा सैन्य सामग्री समेत राख्न दिने सहमति भएको पेन्टागनले जनाएको छ । तर, सैन्य आधारहरु राख्ने स्थानको बारेमा भने पेन्टागनले खुलाउन चाहेको छैन ।

तीन वटा सैन्य आधार ताइवानबाट नजिकै रहेको लुजन द्विपमा राख्ने तयारीमा अमेरिका रहेको बताइएको छ । साउथ चाइना सीमा चीनको दबदबा रोक्ने गरी अमेरिकाले थप सैन्य आधारहरु खडा गर्न खोजेको अनुमान गरिएको छ ।

चीनले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।