१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ


611
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । सांसद चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट प्रकाउ गरेको हो।

२०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो ।

कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्कीतर्फ जाँदै गएको ट्याक्टरमा २०६६ भदौ ३ गते आगजनी गरिएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिनु भएकाे थियाे ।

बजगाईंले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गर्नुभएकाे थियाे ।आगजनी गरेको कसूरमा उनीमाथि अदालतले ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो ।

उहाँ गत आम निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकाे थियाे ।