१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


त्रिभुवन विमानथलको सुधार चित्त बुझ्दो छैन: मन्त्री किराँती

विमानथलकाे अझै सुधार गर्न निर्देशन

117
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो नभएको बताउनुभएको छ ।

शनिबार बिहान साेही विमानस्थलको अनुगमन गर्न पुग्नुभएका पर्यटनमन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गएकाे बताउनुभयाे । तर पनि चित्त बुझ्दो रुपमा सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन उहाँले निर्देशन दिनुभयो ।

उहाँले यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरु चित्त बुझ्दो रुपमा कार्यान्वयन नभएको बताउनुभयो । उहाँले शनिबारको अनुगमनमा टर्लिमा ब्रेक नभएको पाइएको भन्दै तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिनुभयो ।

यहि माघको पहिलो हप्तामा पनि विमान स्थलको अनुगमन गर्दै मन्त्री किराँतीले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिनुभएको थियो ।