२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पार्श्व गायिका वाणी जयरामको निधन


338
Shares

एजेन्सी । दक्षिण भारतीय पार्श्व गायिका वाणी जयरामको निधन भएको छ ।

वाणीको ७७ वर्षको उमेरमा निधन हो छ । वाणी फेब्रुअरी ४ अर्थात शनिबार बिहान आफ्नो चेन्नईको घरमा मृत फेला परेकी हुन् । उनको निधनको कारण भने अझै खुल्न सकेको छैन । वाणीको टाउकोमा लामो समयदेखि चोट लागेको थियो । जसका कारण उनी बिरामी थिइन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सन् १९४५ मा तमिलनाडुको वेल्लोरमा जन्मिएकी वाणीको वास्तविक नाम कलैवानी थियो। वाणीले आफ्नो करियरमा तमिल, तेलुगु, कन्नड, मलयालम, हिन्दी, उर्दू, मराठी, बंगाली, भोजपुरी, तुलु र उडिया गरी जम्मा १९ भाषामा गीत गाएकी थिइन् ।

केही समयअघि भारत सरकारले सन् २०२३ को पद्मभूषण अवार्ड घोषणा गर्दा वाणीको नाम सूचीमा परेको थियो । संगीत क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेबापत वाणीलाई तीन पटक राष्ट्रिय पुरस्कारबाट पनि सम्मानित गरिएको थियो । यस बाहेक उनले क्षेत्रीय भाषामा गीत गाएर धेरै राज्य पुरस्कार पनि पाएकी थिइन् ।

वाणीले आफ्नो करियरको ५० वर्षमा १० हजारभन्दा बढी गीत गाएकी थिइन् । उनले चलचित्र ‘स्वप्नम’ बाट करियर सुरु गरेकी थिइन् ।