
काठमाडाैं । नेकपा (एमाले)का नेता भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरी गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
रतन भण्डारीद्वारा लिखित ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले नागरिकता जस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरी गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाउनुभयो ।
नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल संचालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रको अवमूल्यन गर्ने काम भएको जिकीर समेत गर्नुभयो ।
उहाँले काँग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्