७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


लिभरपुलको लज्जास्पद हार


247
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्ससँग ३–० को हार व्यहोरेको हो ।

खेलमा वुल्भरह्याम्प्टनलाई विजयी गराउन क्रेग डसन र रुबेन नेभेसले एक एक गोल गर्दा लिभरपुलकै जोएल माटिपले एक आत्माघाति गोल गरेका थिए ।

खेलको पाँचौं मिनेटमा लिभरपुलका माटिपले आत्मघाती गोल गरेपछि वुल्भरह्याम्प्टनले अग्रता बनाएको थियो । १२ औं मिनेटमा डसनले गोल गर्दै वुल्भरह्याम्प्टनलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ७१ औं मिनेटमा नेभेसले गोल गर्दै वुल्भरह्याम्प्टनलाई ३–० को जित दिलाए ।

जितसँगै वुल्भरह्याम्प्टन २१ खेलबाट २० अंक जोडेर १५ औं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल २९ अंक जोडेर १० औं स्थानमा यथावत् छ ।

प्रिमियर लिगका अन्य खेलहरुमा म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ ले पराजित गरेको छ । यसैगरी, ब्रेन्टफोर्डले साउथह्याम्प्टनलाई ३–० ले पराजित गर्दा ब्राइटनले बर्नमाउथलाई १–० ले हरायो । वेष्ट ह्याम युनाइटेड र न्युकासल युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् ।