९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नागढुंगा सुरूङ मार्गकोे म्याद फेरी ९ महिना थप


234
Shares

काठमाडौं । नागढुंगा सुरुङ मार्ग निर्माणकोे म्याद ९ महिना थप गरिएको छ ।

ठेक्का सम्झौताको अवधि नसकिंदै नागढुंगा सुरुङमार्गकोे निर्माण सम्पन्न गर्नुपर्ने म्याद दुई पटक थप गरिएको हो । ठेक्का सम्झौता अनुसार नागढुंगा सुरुङमार्गकोे निर्माण सन् २०२३ को अप्रिलभित्र सम्पन्न गर्नुपर्ने हो ।

तर त्यो अवधि नसकिँदै दुई पटकसम्म म्याद थपेर सन् २०२४ अप्रिलसम्म पुर्याइएको छ । अहिले थप गरिएको ९ महिना म्याद थपका लागि जाइकाको स्वीकृति आउन भने बाँकी रहेकाे छ । सडक विभागले ९ महिना म्याद थप गर्ने निर्णय गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), आयोजना कार्यालय र निर्माण कम्पनिलाई पत्र पठाएको छ ।

जाइकाको १६ अर्ब ६३ करोड रुपैयाँको सहुलियत ऋणमा नागढुंगा सुरुङमार्ग निर्माण भइरहेको छ ।