२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दक्षिण भारतीय अभिनेता बाबुराज पक्राउ


468
Shares

एजेन्सी । दक्षिणी भारतीय अभिनेता बाबुराजलाई प्रहरीले पक्राउ गरेको छ ।

जग्गा ठगी मुद्दामा शनिबार प्रहरीले बाबुराजलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको हो ।

केरला उच्च अदालतको आदेशपछि बाबुराजले आदिमाली प्रहरी चौकीमा आत्मसमर्पण गरेपछि उनलाई इडुक्की जिल्ला प्रहरीले पक्राउ गरेको हो ।

वास्तवमा, बाबुराजले इडुक्कीको कल्लरमा आफ्नो रिसोर्ट भाडामा दिएका थिए । सो जग्गामा राजस्व विभागको कारबाही चलिरहेको छ । अब यस विषयमा अभिनेतामाथि ठगीको आरोप लागेको हो ।

कोठामंगलम निवासी अरुण कुमारले अभिनेता विरुद्ध उजुरी दिएका थिए । बाबुराजले सम्झौताको वैधता लुकाएर मुन्नारको कम्बिलीनमा आफ्नो रिसोर्ट ४० लाख भारतीय रुपैयाँमा भाडामा दिएको र पल्लिवसल पञ्चायतमा सम्पत्ति भाडामा दिन निषेध गरिएको अरुणले आफ्नो उजुरीमा बताएका छन् ।

बाबुराजले भाडामा दिएको रिसोर्ट सरकारी सम्पत्ती रहेको छ । अरुणले बाबुराजलाई सम्झौता रद्द गर्न आग्रह गर्दा बाबुराजले अस्वीकार गरेपछि उनले प्रहरीमा उजुरी दिएका थिए । केरला उच्च अदालतले बाबुराजलाई शनिबार प्रहरी समक्ष उपस्थित हुन निर्देशन दिएको थियो ।

उनलाई पक्राउ प्रक्रिया र औपचारिकता पूरा गर्न सरकारी अस्पताल पनि लगिएको समचारमा उल्लेख छ ।