
फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूबीचको छलफल जारी छ ।
प्रधानमन्त्री निवास बालु्वाटारमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरुको सहभागिता रहेको छ ।
प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयका लागि प्रमुख सचेतकहरुसँग छलफल आयोजना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार मात्रै सत्तारूढ गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो । यद्यपि उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।
प्रतिक्रिया दिनुहोस्