
web pic
काठमाडौं । भैरहवामा बस र कार एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
साेही दुर्घटनामा परी दुई जना घाइते भएका हुन् । आइतबार राति बुटवलबाट भैरहवातर्फ गइरहेको बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटनामा बसका सहयोगी तनहुँकाे भिमाद नगरपालिका– ५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको हो । त्यस्तै पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ का ३९ वर्षीय बसका चालक बासु घिमिरे र १६ वर्षीय दिपेश घिमिरे घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनाका समयमा बसका सहचाकल हरिश तिवारीले बस चलाएका थिए ।
प्रतिक्रिया दिनुहोस्