१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जुम्लामा आगलागी हुँदा बालिकाको मृत्यु


117
Shares

काठमाडौं । जुम्ला सदरमुकामस्थित एक घरमा सोमबार राति भएको आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका–१ मा रहेको स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा उनकी १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीमा परी लोकबहादुर पनि घाइते भएका छन् । घरका अन्य परिवार भने सकुशल रहेको जनाइएको छ ।

घरमा भण्डारीका श्रीमती, सासू छोरी लगायत सात जनाको परिवार बस्दै आएका थिए । तेस्रो तलामा सुतेकी छोरी बन्दनालाई बाहिर निकाल्न नसक्दा उनको मृत्यु भएको हो ।

आगलागी नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो । आगलागीबाट जस्तापाताले छाएको भण्डारीको घर जलेर नष्ट भएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।