१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनुषामा कुकुरलाई बचाउने क्रममा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


247
Shares

काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–४ कटैया चौरीमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कुकुरलाई बचाउने क्रममा ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा धनुषाकै मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका साहको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।