१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कियारा र सिद्धार्थको विवाह आज सूर्यगढ प्यालेसमा हुँदै


273
Shares

एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणीको विवाह मंगलबार भारतको राजस्थानको जैसलमेरमा रहेको सुर्यगढ प्यालेसमा हुँदैछ ।

उनीहरूको विवाहको विधि आइतबार अर्थात फेब्रुअरी ५ बाट सुरु भएको थियो । कियारा र सिद्धार्थ विवाहको लागि शनिबार नै मुम्बईबाट आफन्त र परिवारसहित जैसलमेर पुगेका थिए ।

कियारा र सिद्धार्थको विवाहमा सहभागी हुन बलिउडका धेरै ठूला सेलिब्रेटीहरू जैसलमेर पुगिसकेका छन् । अभिनेता शाहिद कपूर, पत्नी मीरा कपूर, करण जोहर, मनिष मल्होत्रा, जुही चावला, उनका पती जय मेहता, मुकेश अम्बानीका छोरा आकाश अम्बानी र छोरी ईशा अम्बानी पति आनन्द पिरामलसँग विवाह स्थल पुगिसकेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार कियारा र सिद्धार्थले आफ्नो विवाहको पहिलो निमन्त्रणा अभिनेता शाहरुख खानलाई दिएका थिए । उनीहरूको विवाहमा अन्य कलाकाररू पनि मंगलबार सूर्यगढ प्यालेसमा पुगेका छन् ।

कियारा र सिद्धार्थको विवाहको लागि जैसलमेरको सूर्यगढ प्यालेस पूर्ण रूपमा सजाइएको छ । सोमबार साँझ सोही प्यालेसमा मेहेन्दी र संगीत कार्यक्रम गरिएको थियो । शाहिद कपुरकी श्रीमती मीरा र जुही चावलाले पनि बलिउड गीतमा नृत्य गरेका थिए ।

त्यसैगरी, विवाहमा आएका पाहुनाहरुको बस्ने विशेष व्यवस्था गरिएको छ । देशकै शीर्ष विवाह गन्तव्यमा परेको यस प्यालेसका ८० कोठा चार दिनका लागि बुकिङ भइसकेका छन् । उनीहरूले विवाह गर्ने उक्त होटलको एक दिनको खर्च करिब १ करोड २० लाख भारतीय रुपैयाँ रहेको छ ।

कियारा र सिद्धार्थ विगत ३ वर्षदेखि एकअर्काको प्रेममा छन् । दुवैको प्रेमकथा फिल्म ‘शेर शाह’को सेटबाट सुरु भएको थियो । सिद्धार्थले फिल्म स्टुडेन्ट अफ द इयरबाट डेब्यू गरेका थिए । सिद्धार्थले अहिलेसम्म १५ वटा फिल्ममा गरिसकेका छन् । कियाराले भने २२ फिल्म गरिसकेकी छन् ।