१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गण्डकी प्रदेश सरकारको बजेट खर्च १८ प्रतिशत


91
Shares

काठमाडौं । गण्डकी प्रदेशमा बजेटको खर्च सुस्त गतिमा अगाडि बढेको छ ।

चालू आर्थिक वर्षको साढे ६ महिनाको अवधिमा १८ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि ३५ अर्ब ९० करोड बजेट विनियोजन गरिएकोमा साढे ६ महिनाको बजेट खर्च ६ अर्ब ४८ करोड २७ लाख रुपैयाँ मात्र रहेको छ ।

पुँजीगत १५ दशमलव ३१ प्रतिशत र चालूगत तर्फ २३ दशमलव ३० प्रतिशत खर्च भएको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार बजेट विनियोजन गरेको थियो ।

आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च बढी हुने प्रवृत्तिले विकासका काम ओझेलमा पर्ने गरेका छन् ।