
एजेन्सी । भारतीय अभिनेत्री एवं मोडल राखी सावन्तका पति आदिल खान दुर्रानीलाई ओशिवारा प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति राखीले आदिलविरुद्ध विवाहबाह्य सम्बन्ध (एक्स्ट्रा म्यारीटल अफेयर) र ठगीको आरोप लगाउँदै उजुरी दर्ता गरेपछि मंगलबार आदिललाई राखीको घरबाट प्रहरीले पक्राउ गरेको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार आदिलले विवाहको नाममा आफूबाट सबै गहना र पैसा लिएको पनि राखीले प्रहरीलाई बताएकी छन् । प्रहरीमा उजुरी दर्ता गर्नुअघि राखीले आदिलको बारेमा सञ्चार माध्यमसँग कुरा गर्दै आदिलले आफूबाट आफ्नै घरको साँचो खोसेको र फिर्ता गर्न नमानेको बताएकी छन् ।
राखीले लामो समयदेखि आफूलाई आदिलले यातना दिइरहेको बताइन् । आदिलले आफूलाई बलिउडमा नाम कमाउन प्रयोग गरेका राखीले बताएकी छन् । आफूसँग भएको सबै पैसा लिएको र आदिल आफ्नी प्रेमिका तनुसँग बस्दै आएको राखीले दाबी गरेकी छन् ।
राखी र आदिलले गत महिना मात्रै अदालती विवाह गरेका थिए । आदिल २७ वर्षका हुन् र उनको कार व्यवसाय छ । आदिल र राखी मे २०२२ देखि एकअर्काको प्रेममा थिए ।
राखीकी आमाको केही दिन अघि मात्रै निधन भएको थियो । राखीकी आमालाई क्यान्सर र ब्रेन ट्युमर थियो ।
प्रतिक्रिया दिनुहोस्