
काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष एवं अभिनेता रविन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् ।
बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको सल्लाह समेत नमानेको भन्दै उनले राजीनामा दिएका हुन् ।
खड्काले सामाजिक सञ्जालमा राजीनामा पत्र सार्वजनिक गर्दै आफूले सल्लाहकार समिति सदस्यबाट राजीनामा दिएको उल्लेख गरेका छन् । खड्काले कसैसँग व्यक्तिगत मनमुटाव नभएको र पदको लोभ पनि नभएको बताएका छन् ।
सल्लाहकार समितिले दिएका सुझाव कार्यान्वयन हुन नसकेको र केही महिनायता बोर्डबाट विवादित काम हुँदै आएकाले राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्