
एजेन्सी । रुसलाई ओलम्पिक गेम्समा फर्काउने बेला नभएको ठहर गर्दै नर्डिक राष्ट्रहरुले रुस र बेलारुसमाथिको प्रतिबन्ध कायमै राख्न माग गरेका छन् ।
नर्वे, डेनमार्क, स्विडेन, फिनल्याण्ड र आइसल्याण्डका ओलम्पिक कमिटिले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अर्को वर्ष पेरिसमा हुने ओलम्पिकमा रुस र बेलारुसमाथिको प्रतिबन्ध कायमै राख्न अपिल गरेका हुन् ।
अघिल्लो हप्ता लात्भिया, लिथुआनिया, इस्टोनिया र पोल्याण्डले पनि रुस र बेलारुसका खेलाडीलाई ओलम्पिकमा सहभागि गराउन नहुने भन्दै विरोध गरेका थिए ।
रुससँग युद्ध लडिरहेको युक्रेनले रुसी खेलाडी सहभागि भए पेरिस ओलम्पिक बहिष्कार गर्ने चेतावनी दिइसककेको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले रुस र बेलारुसका खेलाडीहरुलाई तटस्थ खेलाडीको हैसियतमा ओलम्पिकमा सहभागी गराउन सकिने बताइरहेको बेला युरोपेली देशहरु एकपछि अर्को गर्दै विरोधमा उत्रिन थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस्