
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।
गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले सो सिफारिस गरेको हो ।
एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ ।
रिक्त पदमा श्रेष्ठसहित अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्