
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।
बुधबार राति भएको खेलमा मार्सेसँग २–१ ले पराजित भएपछि १४ पटकको विजेता पीएसजी बाहिरिएको हो ।
खेलको ३१ औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाल्टीमार्फत गोल गर्दै मार्सेलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ५७ औं मिनेटमा रुस्लान मालिनोभास्कीले गोल गर्दै मार्सेलाई २–१ को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्