६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बोरुसिया डर्टमण्ड जर्मन कपको क्वाटरफाइनलमा


91
Shares

एजेन्सी । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बोचुमलाई २–१ ले हराउँदै डर्टमण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको इन्जुरी समयमा इम्री क्याले गोल गर्दै डर्टमण्डलाई सुरूवाती अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा केभिन स्टोगरले पेनाल्टीमार्फत गोल गर्दै बोचुमलाई १–१ को बराबरीमा फर्काए । त्यसपछि खेलको ७० औं मिनेटमा मार्को रिउसले गोल गर्दै डर्टमण्डलाई २–१ को जित दिलाए ।