
एजेन्सी । भारतीय कमेडियन एवं अभिनेता कपिल शर्माको अभिनय र स्वर रहेको गीत सार्वजनिक भएको छ ।
युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक ‘अलोन’ बोलको गीत गीतमा कपिलसँगै भारतीय गायक गुरू रन्धवाको पनि स्वर रहेको छ ।
विशाल सिन्हाले छायांकन गरेको म्युजिक भिडियो लाई चेतन परवानाले सम्पादन गरेका छन्। यो गीतको भिडिओलाई देउश मिश्राले कोरियोग्राफी गरेका हुन् ।
गीतमा कपिल, गुरू र योगिता बिहानीको अभिनय रहेको छ भने गीतमा शब्द तथा संगीत गुरूको नै रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा प्रेम र वियोगलाई प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्